नियम १०२
म्यानेजिङ्ग डाईरेक्टरको अनुमति बिना शेयरहोल्डरहरू कर्पोरेशनको घर जग्गाभित्र प्रवेश गर्न नपाउने
सञ्चालक बाहेक कुनै शेयरहोल्डरले वा कर्मचारीले तत्काल सो कर्पोरेशनको म्यानेजिङ्ग डाइरेक्टरको अनुमति बिना कपोरेशनको घर जग्गा भित्र प्रवेश गर्न वा त्यस्तो घर जग्गा वा सम्पत्तिहरूको निरीक्षण गर्न वा कर्पोरेशनको व्यापार, व्यापार रहस्य, गोप्य किसिमको कुनै कुरा वा कर्पोरेशनको व्यवसायको सञ्चालकसँग सम्बन्धित जुनसुकै कुरा सर्वसाधारण जनतामा प्रकट गर्न, कर्पोरेशनको हितको लागि वाञ्छनीय लागेका अरू कुराहरू बारेको कुनै विवरणको सूचना लिन वा खोजी गर्न पाउने छैन ।